राष्ट्रिय वाणिज्य बैंकको सहयोग विद्यार्थीलाई |
काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंंकले आठ जिल्लाका २८ विद्यालयका विद्यार्थीलाई कापी सहयोग गरेको छ । बैंकले काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, प्यूठान, स्याङ्जा र भोजपुरका सो संख्याका विद्यालयका विद्यार्थीलाई कापी वितरण गरेको हो ।
बैंकका प्रतिनिधिले विद्यालयमै पुगेर तथा केन्द्रीय कार्यालयमै कार्यक्रम गरेर विद्यालयका प्रतिनिधिमार्फत ३२ हजार ७ सय ३० थान कापी वितरण गरिएको बैंकका नायव महाप्रबन्धक केशवप्रसाद लम्सालले जानकारी दिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको बताएको छ ।