नेपाल लाइफमा संस्थापकको शेयर हिस्सा घट्यो |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गरेको छ । कम्पनीले संस्थापक हिस्सा ७० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा शेयर परिवर्तन गरेको हो ।
कम्पनीले साउन २५ गतेसम्म कायम रहेको संस्थापक सेयरधनी लगतका आधारमा समानुपातिक रुपमा कायम हुन आउने शेयर परिवर्तन गरिएको जानकारी दिएको छ । कम्पनीमा सर्वसाधारणको हिस्सा ३० प्रतिशतबाट ४० प्रतिशतमा पुगेको छ ।
कम्पनीको १० प्रतिशत शेयर अर्थात ४३ करोड ९६ लाख रुपैयाँको शेयर सर्वसाधारणतर्फ कारोबार हुनेछ । कम्पनीको हाल ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेकोमा ६० प्रतिशत संस्थापक अर्थात २ अर्ब ६३ करोड रुपैयाँ र सर्वसाधारणतर्फ ४० प्रतिशत अर्थात १ अर्ब ७५ करोड रुपैयाँ कायम हुनेछ ।