सयपत्री हाइड्रोपावरको ३ लाख कित्ता आइपीओ आउँदै |

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले ३ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ । सयपत्रीले बागलुङ जिल्लाका आयोजना प्रभावित स्थानीय जनताका लागि आइपीओ खुला गर्न लागेको हो ।
स्थानीयलाई शेयर बिक्री गरिसकेपछि फेरि सर्वसाधारणका लागि खुला हुनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । सयपत्रीले बागलुङ जिल्लामा २.५ मेगावटको धर्मखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।