कलंकी–नागढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडक यथास्थितिमै पीच | तीन महिना भित्र कालोपत्रे गरिने
काठमाडौं । लामो समयको अवरोध पछि सरकारले कलंकी–नाढुङ्गा र चावहिल–जोरपाटी–साँखु सडक यथास्थितिमै पीच गर्ने भएको छ । अहिलेसम्म जति घर भत्कएर बाटो विस्तार भएको छ सोही बाटेमा पीच गर्ने र थप घर नभत्काउने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताए ।
दुई साता अगाडिको मन्त्रीपरिषद् बैंठकले यी दुई सडकमा यथास्थितिमा नै पीच गर्न निर्देशन दिएको थियो । धुँवा धुलो तथा प्रदूषण कम गर्न निर्देशन दिएकोले अहिले जे जस्तो अवस्थामा छ सोही अवस्थामा सडक कालोपत्रे हुने बताइएको छ ।
१२⁄१२ किमिको यी दुई सडकको प्रगति न्युन भएकाले झन्डै ३ वर्षदेखि सर्वसाधारणले धुँवा, धूलो, प्रदूषणसहितको सास्ती खेपिरहेको अवस्थालाई दृष्टिगत गरेर सरकारले यथास्थितिमै पीच गर्न निर्देशन दिएको हो । मुख्य विषय त २ मिटरसम्म सडक विस्तार गर्न भत्काउनुपर्ने घर नै नभत्किएका कारण समस्या भएको हो ।
अब सरकारको निर्देशन पछि जे जस्तो अवस्थामा सडक बनेका छन, सोही अवस्थामा ३ देखि बढीमा ६ महिनाभित्र पीच हुन्छ । उनले भने वर्षातकोसमय भएर मात्रै काम रोकिएको हो । बर्षा रोकिनासाथ काम अगाडि बढ्ने भएकोले तीन महिनादेखि ६ महिनाभित्रमा कलंकी नागढुङ्गा र जावहिले जोरपाटी साँखु सडक कालोपत्रे हुने बताइएको छ । अब छिमेकी एउटाको घर नभत्कने र अर्काको घर भत्कने समस्याका कारण फेरि काममा अवरोध हुन सक्ने बुझाई आयोजनाले गरेको छ ।