स्वदेशी लघुवित्तको हकप्रद शेयर छिट्टै आउँदै |
काठमाडौं (आपास) । स्वदेशी लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर चाँडै नै आउँदै छ । कम्पनीले १ बराबर १ अनुपातका ११ लाख ५० हजार कित्ता हकप्रद शेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट साउन २४ गते स्वीकृति पाइसकेको छ ।
सो हकप्रद शेयरको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको कम्पनीले जानकारी दिएको छ । असार मसान्तसम्ममा रू. ११ करोड ५० लाख चुक्तापूँजी रहेको उक्त कम्पनीको हकप्रद शेयर निष्कासनपछि पूँजी रू. २३ करोड पुग्नेछ । बिहीवार कम्पनीको शेयर मूल्य रू. १ हजार ६ सय १ मा खुला भएको छ । अघिल्लो दिनको तुलनामा ४० अंकले घटेर रू. १ हजार ५ सय ६१ मा बन्द भएको छ ।