एलआईसी नेपालको ३६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव |

काठमाण्डौं (आपास) । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी–नेपाल)ले ३६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको हिजो बिहीवार बसेको ९४औं बोर्ड बैठकले उक्त प्रस्ताव पारित गरेको हो । बैठको आर्थिक वर्ष ०७३÷७४ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.८९४७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त निर्णय बीमा समितिको स्वीकृति र आगामी बस्ने कम्पनीको १६औं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।