सिटिजन्स बैंकको एफपीओ बाँडफाँड |

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडको एफपीओ आज शुक्रबार ४६ हजार ३ सय ७६ जनालाई १० कित्ता र ६ जनालाई ११ कित्ता शेयर बाँडफाँड गरिएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान एफपीओ बाँडफाँड गरिएको हो । एफपीओमा कुल ६२ हजार ७ सय ८२ वटा आवेदनबाट ६१ लाख ५ हजार ६ सय ३० कित्ता शेयरका लागि आवेदन परेको थियो । त्यसमा ७३ वटा आवेदन रद्ध भएका छन ।
आवेदक दिएका मध्येबाट गोलाप्रथाद्धारा ४६ हजार ३ सय ८२ जनालाई १० कित्ताको दरले ४ लाख ६२ हजार ८ सय २० कित्ता बाँडफाँड गरिएको छ । बाँडफाँड गरेर बाँकी रहेको ६ कित्ता शेयर गोलाप्रथाबाट शेयर पाएकालाई एउटै समूहमा राखि न्युनतम १ कित्ताको दरले ६ कित्ता बाँडफाँड गरिएको हो ।