नेपाल बंगलादेश बैंक र सगरमाथा यन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । नेपाल बंगलादेश (एनबी) बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र इन्स्योरेन्सको तर्फबाट इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत एसके रावलले बिहीवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यो सहमतिसँगै अब उक्त बैंकका ग्राहकहरूले सगरमाथा इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवासम्बन्धी सबै सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।