प्रभु बैंकको डिजिटल वालेट सञ्चालनमा, अब मोबाइलबाटै हुन्छ सबै काम |
काठमाडौं (आपास) । प्रभु बैंकले नेपालमा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित ‘प्रभु पे’ नामक डिजिटल वालेट सञ्चालनमा ल्याएको छ । प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले बिहीबार यसको शुभारम्भ गरेका हुन् ।
प्रभु पेलाई आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पूर्ण कार्यजस्तै कुनै पनि बैंक अथवा वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानीलगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्ने लगायतका काम गर्न सहज हुनेछ ।
यो वालेटमार्फत युनियन पे र क्यु कोर्ड स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ । यो सेवा लिने नियमित ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा दिएको छ भने अरुलाई रिफर गरेबापत प्रत्येक रिफरमा ३० रुपैयाँबराबरको ब्यालेन्स दिनेछ । प्रभु पे को आफ्नै अलगै च्याट सिस्टमको सुविधा पनि छ ।