मुक्तिनाथ विकास बैंकका एकैसाथ पाँच नयाँ शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । मुक्तिनाथ विकास बैंकले एकैसाथ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रौतहटको चन्द्रनिगाहपुर, सुनसरीको इटहरी तथा इनरुवा र झापाको दमकमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बर्दिबास शाखाको उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष प्रल्हाद क्षत्री, रौतहट शाखाको प्रतिनिधिसभाका सदस्य देवप्रसाद तिमल्सिना, इटहरी शाखाको ईटहरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सैलेशकुमार विष्ट, इनरुवा शाखाको प्रदेशसभा सदस्य राजीव कोइराला तथा दमक शाखाको उद्घाटन दमक नगरपालिका मेयर रोमनाथ ओलीले गरेका हुन् ।
शाखा कार्यालयहरूको उद्घाटनका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल, स्थानीय जनप्रतिनिधीहरू, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशभर रेहका आफ्ना ९५ वटा शाखा, १५ वटा एटीएममार्फत आफ्ना ३ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।