गणेश लामा दोषी ठहर, १ वर्ष कैद सजाय र १ करोड ४० लाख ५० हजार रुपैयाँ जफत गर्ने फैसला |
काठमाडौं । गुण्डा नाइके गणेश लामालाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै आज बिहीबार सजाय सुनाएको छ । अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकामा जोशी र रत्नबहादुर बागचन्दको इजलासले एक वर्ष कैद सजाय सुनाउनुका साथै उनको सम्पत्तिबाट १ करोड ४० लाख ५० हजार रुपैयाँ जफत गर्ने फैसालासमेत गरेको छ ।
लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै २०७० साल जेठ ५ गते मुद्दा दर्ता भएको थियो । केन्द्रीय कारागारमा रहेका लामालाई केही समयअघि प्रहरीले गौशालाबाट पेस्तोलसहित पक्राउ गरेको थियो ।