सिटिजन्सको एफपीओ भोलि बाँडफाँट हुँदै, १८ हजार ३ सय २७ जनाले नपाउने |
काठमाडौं (आपास) । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेडको एफपीओ भोलि (शुक्रवार) बाँडफाँट हुने भएको छ । उक्त एफपीओको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । बैंकका अनुसार भोलि (शुक्रवार) बिहान ९ बजे ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल काठमाडौंमा बाँडफाँट हुने तय भएको छ । यो एफपीओमा १३.५२ गुणा बढी आवेदन परेको छ ।
गोलाप्रथाबाट ४६ हजार ३ सय ८२.६ जनाले १० कित्ताका दरले मात्र शेयर हात पार्नेछन् । आवेदन दिएका ६४ हजार ७ सय १० जनामध्ये १८ हजार ३ सय २७ जनाले उक्त एफपीओ पाउने छैनन् । यसमा कुल ६२ लाख ६८ हजार ६ सय ४० कित्ता शेयरका लागि आवेदन परेको थियो ।
सिटिजन्सले साउन १५ देखि १८ गतेसम्म ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपीओ विक्री खुला गरेको हो । बैंकले अंकित मूल्य १०० रुपैयाँमा १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री खुला गरेको हो । इक्रा नेपालले सिटिजन्सको एफपीओलाई ग्रेड थ्री प्लस रेटिङ दिएको छ । एफपीओ बिक्रीपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।