नेपाल बङ्गलादेश बैंक र आईएमई लाइफबीच बैंकासुरेन्स |

काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब बैंकका ग्राहकहरूले बैंकका देशभर रहेका सबै शाखाबाट छिटो, छरितो तथा सहज रूपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।