सूर्या लाइफको सेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल |
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको सेयर रजिष्ट्रारमा एनआइसी एसिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले साउन २३ गते बुधबार देखि लागू हुने गरी एनआइसी एसिया क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको जानकारी दिएको छ ।
सूर्या लाइफको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, सेयर रोक्का तथा फुकुवा गर्ने लगायतका काम एनआइसी एसिया क्यापिटलबाट हुनेछ । साथै, सेयरधनीहरुको सम्पूर्ण लगत अद्यावधिक गरी राख्ने काम एनआइसी एशिया क्यापिटल, बबरमहल काठमाडौंबाट हुनेछ ।