४० हजारभन्दा बढीले पाए कोकको रिचार्ज |
काठमाडौं । स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजनामा दास्रो हप्तासम्म ४० हजार भन्दा धेरै जनाले रिचार्ज जिति सकेका छन् ।
यो योजना साउन २ गते देखि सुरु भएको थियो । उपभोक्ताहरुको उल्लेख्य सहभागिताले ७ लाख ३० हजार रुपैयाँ बराबरको टक टाइम जित्न सफल भइसकेको कम्पनीले जानकारी दिएको छ ।
यस योजना अन्तर्गत उपभोत्ताले १० देखि ५ हजार रुपैयाँ सम्मको टक टाइम जित्न सक्छन । यो योजना अन्तर्गत यो हफ्ता मात्र सातदोबाटो निवासी सपना सुब्बा, बुटवलकी सिता कर्मा, डल्लुकी नबिना नेपाली, सुकेधारका राज कुमार कार्की र गोकर्णकी निम ल्हामु शेर्पाले ५ हजार रुपैयाँ बराबरको टक टाइम जिती सकेको कम्पनीको भनाई छ ।
यो योजना ५ सय एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ । यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एसएमएस गर्नु पर्छ । यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ ।