सनराइजका ग्राहकलाई ८४ वटा निजी अस्पतालमा छुट |
काठमाडौं (आपास) । सनराइज बैंकले स्वास्थ्य बीमा योजनाअन्तर्गत आफ्ना ग्राहकलाई विशिष्ट सेवा दिने उद्देश्यले देशका ८० भन्दा बढी निजी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौतासँगै यस बैंकका ग्राहकले ती सबै निजी अस्पतालको सेवामा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।
तोकिएका अस्पतालमा छुट पाउनका लागि ग्राहकले बैंकको भिसा कार्ड, देखाउनुपर्ने बैंकले जानकारी दिएको छ । यस क्रममा पछिल्लो समयमा बैंक मनमोहन मेमोरियल सामुदायिक अस्पतालसँग पनि सम्झौता गरेको छ । उक्त सम्झौतासँगै सो अस्पतालमा बैंकका ग्राहकले अस्पतालको सेवामा १० प्रतिशत छुट पाउने बैंकले जानकारी दिएको छ ।
उल्लिखित छुटबाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकले १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधासमेत निःशुल्क प्राप्त गर्ने सक्ने बैंकले बताएको छ ।