बैंक अफ काठमाण्डूको ‘बीओके स्मार्ट सुविधा’ परिमार्जित |
काठमाडौ (आपास) । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरूलाई अझ सजिलो एवम् अत्याधुनिक प्रवधियुक्त सेवा प्रदान गर्ने उद्दश्यले आफ्नो बैकिङ सेवा बीओके स्मार्टलाई परिमार्जन गरेको छ । बैंकले परिमार्जित मोबाइल बैंकिङ सेवाद्वारा ग्राहकहरूले आफ्नो औंठाछापद्वारा सजिलै लगइन एवम् कारोवार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाएको जानकारी दिएको छ ।
यसका अलावा ग्राहकहरूले क्यूआर कोडमार्फत सजिलै रकमान्तर गर्न सक्ने, फोन पेको नेटवर्कमा रहेको विभिन्न मर्चेन्टहरूलाई रकम भुक्तानी गर्न सक्ने, एकाउन्ट ड्यासबोर्डमार्फत महिनाभरिको मौज्दातको विवरण हेर्न सक्ने सुविधा पनि पाउन सक्नेछन् ।
बीओके स्मार्टको नँया संस्करणद्वारा ग्राहकहरुले बैंकको शाखा, एटीएम तथा अन्य सेवाहरूको जानकारीसमेत लिन सक्ने बैंकले बताएको छ । बैंकका अनुसार यस बैंकका ग्राहकहरूले गुगल प्ले स्टोरमा उपलब्ध बीओके स्मार्टको नयाँ संस्करणलाई अद्यावधिक गरी यो सेवा उपभोग गर्न सक्नेछन् ।