आईएमई जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त |
काठमाडौं (आपास) । आईएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त वादे श्रेष्ठ नियुक्त भएका छन् । निर्जीजीवन बीमा क्षेत्रमा २३ वर्षदेखिको अनुभव सँगालेका उनी यसअघि कम्पनीको महाप्रबन्धक तथा कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा करिब ३ वर्षमा कम्पनीले १ अर्बभन्दा बढीको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।