गण्डकी विकास बैंकका एकैदिन चारवटा शाखा सञ्चालनमा |

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन चार वटा नयाँ शाखा सञ्चालनमा आएका छन् । बैंकले ताप्लेजुङको फुङलिङ, मुस्ताङको कागवेनी, भक्तपुरको सुकुलढोका र ललितपुरको इमाडोलमा ती नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
चार नयाँ शाखा सञ्चालनसँगै अब बैंकको कुल शाखा संख्या ७२ पुगेको छ । बैंकले छिट्टै नै नेपालको पूर्वदेखि पश्चिमसम्म थप ५ वटा शाखा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुका साथै लघुवित्त सेवा, रेमिट्यान्ससहित पूर्ण बैकिङ्ग सेवा प्रदान गर्ने बताएको छ ।