सेञ्चुरी बैंकले खोल्यो प्रदेश कार्यालय, ८ शाखा पनि एकै साथ सञ्चालनमा |

काठमाडौं । सेञ्चुरी बैंकले एकैसाथ गण्डकी प्रदेशमा गण्डकी प्रदेश कार्यालय र ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे संयुक्त रूपमा गरेका हुन् ।
बैंकले नेपाल राष्ट्र बैंकको मौद्रि नीतिअनुसार प्रदेश कार्यालय सञ्चालनमा ल्याएको बताएको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गतका बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा एकैसाथ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेपलगायतका सबै बैंकिङ सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यकाबाहिर ९१ शाखा र दुईवटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।