एनआईसी एशिया बैंकको जामुनेमा शाखारहित सेवा |

काठमाडौं (आपास) । एनआईसी एशिया बैंकले तनहुँस्थित म्याग्दे गाउँपालिकाको जामुने बजारमा मंगलवारदेखि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाइका उपाध्यक्ष सुकनारायण मल्लले उक्त सेवाको उद्घाटन गरेका हुन् ।
बैंकले उक्त शाखारहित बैंकिङ सेवाका लागि स्थानीय रोबिन श्रेष्ठलाई प्रतिनिध नियुक्त गरेको जानकारी दिएको छ । योसहित यस बैंकका शाखारहित बैंकिङ सेवा १६ स्थानमा पुगेको छ ।
हाल यस बैंकले देशभर रहेका २ सय ३४ शाखा, २ सय २१ एटीएम काउण्टर, १४ एक्सटेन्सन काउण्टर र १६ स्थानबाट शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । गत सअरा मसान्तसम्म बैंकले १ खर्ब ४९ अर्ब निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।