एनएमबीले १५ प्रतिशत बोनस शेयर दिने | साउन ३१ गते साधारणसभा बोलायो

काठमाडौं । एनएमबी बैंकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गराउन साधारणसभा बोलाएको छ । बैंकले १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५ सय ९५ रुपैयाँ बराबरको बोनस शेयर वित्तरण गर्ने जानकारी दिएको छ ।
एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको भोलिपल्ट थप निष्कासन (एफपीओ) पुरै बिक्री भएको थियो । एफपीओ बन्द हुने अन्तिम दिन मात्रै ७० हजार ७०० आवेदकबाट ३ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो । बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३ सय ३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो ।
सो वित्तरणका लागि साधारणसभाबाट पारित गराउनुपर्ने भएकाले बैंकले साउन ३१ गते साधारणसभा बोलाएको हो । बैंकले चुक्ता पुँजीको ०.७८ का दरले हुन आउने ६ करोड २५ हजार ९ सय ७९ रुपैयाँ नगद लाशांश प्रस्ताव पनि स्वीकृत गराउनेछ । साधारणसभा स्टाफ कलेज जावलाखेलमा हुनेछ । यस्तै बैंकले जारी पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६ सय ३४ रुपैयाँबाट बृद्धि गरेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुगाउन पनि साधारणसधाले स्वीकृति प्रदान गर्नेछ ।