एनआइसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने | भदौं १५ गते साधारण सभा

काठमाडौं । एनआइसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७.३७ प्रतिशतले हुन आउने १ करोड ४७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको साउन १८ गते बसेको ४७ औं बैठकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नको लागि दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ ।
आउँदो भदौं १५ गते क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा बिहान ९ बजे साधारणसभा गर्ने कम्पनीले जानकारी दिएको छ । साधारण सभामा आर्थिक वर्ष २०७४⁄७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन छलफल गरि पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन, २०७५ असार मसान्त सम्मको वासलात र २०७४⁄७५ को नाफा नोक्सान हिसाव, नगद प्रवाह वितरण गर्ने लगायतका प्रस्तावहरु गरिएको छ ।
साथै, आर्थिक वर्ष २०७५⁄७६ को लागि लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव गर्ने कम्पनीले जानकारी दिएको छ ।