फर्स्ट माइक्रोफाइनान्सले १२ प्रतिशत नगद लाभांश दिने |
काठमाडौं (आपास) । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १२.६३१६ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको संचित मुनाफाबाट ८ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मात्राको लाभांश दिने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारणसभामा अनुमोदन भएपछि सो लाभांश वितरण गरिने संस्थाले जानकारी दिएको हो । हाल संस्थाको चुक्ता पुँजी ६८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।