नबिल बैंकले ल्यायो ११.५ प्रतिशत ब्याजदरको सस्तो कर्जायोजना |
काठमाडौं (आपास) । नबिल बैंकले राष्ट्रिय वाणिज्य बैंकपछिको सस्तो कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ५ दिनभित्रै कर्जा उपलब्ध गराउने नबिल एसएमई फास्ट ट्र्याक लोन योजना सार्वजनिक गरेको हो । उक्त योजनाअन्तर्गत ११.५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
मुद्दती निक्षेपमा १०.५ प्रतिशत ब्याज दिइरहेको नबिलले ल्याएको ११.५ प्रतिशत ब्याजदरको उक्त योजना वाणिज्य बैंपछिको सस्तो भएको बैंकको दाबी छ । कर्जाका लागि प्रक्रिया शुरू गरेको ५ दिनमै कर्जा उपलब्ध गराइने बैंकले जानकारी दिएको छ । नबिलको आधार दर ७.३८ प्रतिशत छ । यो योजनाअन्तर्गत एक वर्षसम्म ब्याजदर नबढ्ने सरल प्रक्रिया न्यूनतम ५ लाखदेखि ३ करोड रुपैयाँसम्म कर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले ट्रेकिङ, उद्योग र सेवा क्षेत्रमा कर्जा प्रवाह गर्ने भएको छ ।