सरकारलाई सबैभन्दा बढी कर तिर्ने पाँच कम्पनी |

काठमाडौं । आर्थिक वर्ष (आव) २०७४⁄ ७५ मा टेलिकम सेवाप्रदायक कम्पनीहरु सरकारलाई सबैभन्दा बढि कर तिर्नेमा अगाडि देखिएका छन् ।
आन्तरिक राजस्व विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आवमा सबैभन्दा बढि कर एनसेलले तिरेको छ । सो आवमा सरकारलाई एनसेलले १४ अर्ब ७१ करोड रुपैयाँ कर तिरेको छ । यसैगरी दोस्रो बढि कर तिर्नेको सूचीपनि टेलिफोन सेवाप्रदायक कम्पनी नै रहेको छ । सो आवमा नेपाल टेलिकमले दोस्रो बढि ९ अर्ब ९६ करोड रुपैयाँ कर तिरेको छ ।
.jpg)
आव २०७४⁄ ७५ मा तेस्रो बढि कर तिर्नेको सूचीमा सूर्य नेपाल प्रालि रहेको छ । सुर्य नेपालले गत आवमा ८ अर्ब २७ करोड रुपैयाँ कर तिर्दा चौथो स्थानमा रहेको गोर्खा ब्रुअरीले भने ५ अर्ब ३ करोड रुपैयाँ नेपाल सरकारलाई कर तिरेको छ । तथ्याङक अनुसार गत आवमा बैंकिङ क्षेत्रको सबैभन्दा बढि कर तिर्ने कम्पनीमा एभरेष्ट बैंक रहेको छ । सरकारलाई बढि कर बुझाउने शीर्ष पाँच स्थानमा रहँदै २ अर्ब ७८ करोड रुपैयाँ कर तिरेको छ ।