मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा |
काठमाडौ । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले गरेका हुन् ।
सो अवसरमा मेयर खत्रीले आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकैसाथ प्रदान गरी स्थानीयवासीलगायत नगरमा रहेका उद्योगव्यवसायलाई समेत सजिलो भएको बताए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिका बारेमा जानकारी गराए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अमरेशचन्द्र वैदार, उद्योग वाणिज्य संघ सिन्धुलीका पूर्व अध्यक्ष विनेशकुमार तथा रेडक्रस सोसाइटीका अध्यक्ष अशोक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।