सूर्या लाइफको पोखरामा ‘बिजनेश मिटिङ’ |
काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश मिट’ पोखरामा सम्पन्न भयो । शनिवार र आइतवार गरी दुई दिनसम्म चलेको सो मिटिङमा देशभरबाट सयभन्दा बढी कर्मचारी सहभागी भएको कम्पनीका गण्डकी प्रदेश प्रमुख मीनबहादुर जिसीले बताए ।
कार्यक्रममा इन्स्योरेन्स सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईले आगामी वर्षको लक्ष्य पूरा गर्नका लागि अग्रसर हुन सबैलाई आग्रह गरे । उनले सूर्या लाइफको आन्तरिक सुशासन राम्रो रहेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले विभिन्न इन्स्योरेन्स कम्पनीसँगको प्रतिस्पर्धाबीच सूर्या लाइफलाई कसरी अगाडि बढाउने भन्ने विषयमा चर्चा गरेका थिए ।
सो कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद खनियाँ, बजार विभाग प्रमुख माधवप्रसाद शर्मा र सहायक महाप्रबन्धक जगदीशप्रसाद आचार्यलगायतको सहभागिता रहेको थियो ।