चेम्बरको औपचारिक रुपमा एफएनसीसीआईबाट अलग्गिने घोषणा | महासंघलाई चिठी पठायो
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग बाणिज्य महासंघबाट अलग्गिने निर्णय गरेको छ । चेम्बर कार्यसमितिको बैंठकले महासंघबाट आधिकारीक रुपमा अलग्निे निर्णय गरेको हो । चेम्बरले उक्त निर्णय उल्लेख गरिएको पत्र महासंघलाई सोमवार पठाएको छ । केही दिनभित्र महासंघलाई उक्त चिठी पठाइने समेत उनले जानकारी दिए । यस अघिसम्म महासंघको जिल्ला सदस्य रहेको चेम्बरले अब आफैलाई महासंघको ढाँचा अनुरुप लैजान उद्देश्य सहित महासंघबाट अलग्गिएको हो ।
नेपालको सबैभन्दा पुरानो व्यवसायीक संस्था नेपाल चेम्बरले आफुलाई केन्द्र, प्रदेश तथा स्थानीय तहमा समेत बलियो संरचना विस्तार गर्दै लैजाने जानकारी दिएको छ । केही समय अघि चेम्बरले जिल्ला शाखा स्थापना गर्दा महासंघले सो विषयमा स्पष्टीकरण माग गरेसँगै चेम्बरले अलग्गिने विषयमा छलफल चलाएको थियो । तर, त्यसको लामो समयपछि आइतबार बसेको बैंठकले अलग्गिने निर्णय गरेको हो । सोही अनुरुप चेम्बरले जिल्ला जिल्लामा शाखा विस्तारलाई तीब्रता दिएको छ ।
विस २००७ सालमा स्थापना भएको चेम्बरकै नेतृत्वमा २०२२ सालमा नेपाल उद्योग बाणिज्य महासंघको स्थापना भएको थियो । २०२२ सालमा चेम्बरका तत्कालिन अध्यक्ष लोकनाथ जोशीकै नेतृत्वमा महासंघको स्थापना भएको थियो ।