एनआइसी एसिया बैंक र बुम रेमिट बीच सम्झौता |
काठमाडौं । एनआइसी एसिया बैंक र बुम रेमिट प्राली बीच रेमिट्यान्स सम्झौता भएको छ । बिुम रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम एनआईसी एसिया बंैकका सबै शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै आन्तरिक विप्रेषणको पनि भुक्तानी गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा एनआईसी एसिया बैक लि का तर्फबाट चिफ मार्केटिङ अफिसर जयन्द्र रावल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन्। ।
बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४ हजार वटा भन्दा बढि प्रतिनीधीहरु छन । एनआईसी एसिया बैंक लि. को नेपाल भरी २ सय ३४ वटा शाखाहरु, १४ वटा एक्स्टेंसन काउन्टरहरु र १६ वटा ब्रान्च रहित बैंकिङ्ग रहेका छन ।