एनआइसी एसिया बैंकको क्यूआर कोड भुक्तानी सेवा |
काठमाडौं । एनआइसी एसिया बैंकले क्यूआर कोड प्रणालीबाट भुक्तानी सेवा सुरु गरेको छ । बैंकिङ सेवालाई सरल र पहुँचयोग्य बनाउनको लागि नयाँ भुक्तानी सेवा सुरु गरिएको बैंकले जानकारी दिएको छ ।
नेपालमै पहिलोपटक यो प्रणालीबाट सेवा सुरु गरेको बैंकको सेवा लिनको लागि सबैभन्दा पहिले MoBank एप डाउनलोड गर्नु पर्छ । त्यसमा Request Payment बिकल्प मा गएर QR Code generate गर्नु पर्छ । त्यसपछि उक्त एपबाट कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।