साढे २८ हजारभन्दा बढीले पाए कोकको रिचार्ज उपहार |
काठमाडौं (आपास) । जुलाई २३ देखि सञ्चालन भइरहेको ‘रिफ्रेस एण्ड रिचार्ज’ योजनामा पहिलो हप्तामै २८ हजार ५ सयभन्दा बढी ग्राहकले रिचार्ज जितेका छन् । उक्त योजनामा ग्राहकले ५ हजार रुपैयाँसम्म जितेका छन् । यस योजनामा सहभागी भएकी गोमा बुढाथोकीले ५ हजारको रिचार्ज जितेकी छिन् । यो योजना कोकाकोला नेपालले सञ्चालन गरेको हो ।
कोकाकोलाको ‘रिफ्रेस एण्ड रिचार्ज’ काम्पियनमा स्प्राइट, कोक तथा फ्याण्टा खरीद गरी सहभागी हुन सकिने कम्पनीले जानकारी दिएको छ । यो योजनामा १० देखि ५ हजार रुपैयाँसम्म मोबाइल रिचार्ज प्राप्त गर्न सकिने बताइएको छ । यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्याण्टाको लेबलपछाडिको युनिक कोड टाइप गरी ३६७६८ मा एसएमएस गर्नुपर्नेछ ।