‘ग्लोबल रिच’ शैक्षिक मेलामा १ हजारभन्दा बढी सहभागी |
काठमाडौं (आपास) । ग्लोबल रिच नेपालको आयोजनामा शनिवार काठमाडौंमा सञ्चालित ‘ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी मेला’ सम्पन्न भएको छ । मेलामा १ हजारभन्दा बढी विद्यार्थी सहभागी भएको आयोजकले जानकारी दिएका छन् ।
उक्त शैक्षिक मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बुड्डले गरेका थिए । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालित सो मेला नेपालमा भएका अष्ट्रेलियन युनिभर्सिटी मेलाहरूमध्ये हालसम्मकै ठूलो भएको आयोजकको दाबी छ ।
मेलामा अष्ट्रेलियाका उत्कृष्ट ३५ युनिभर्सिटीको सहभागिता रहेको आयोजक संस्थाले जानकारी गराएको छ । आयोजकका अनुसार मेलामा सहभागी विद्यार्थीले अष्ट्रेलिया अध्ययनका लागि जाँदा आफूहरूले पाउने छात्रवृत्तिलगायतका विविध विषयमा जानकारी पाएको बताए । मेलामा सहभागी विद्यार्थीहरूले अष्ट्रेलियाका विभिन्न युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेट गरी त्यहाँको रहनसहन, भेषभूषा, धर्मसंस्कृति, र आफूले अध्ययन गर्न चाहेको विषयमा जानकारी लिएको आयोजकले जानकारी दिएका छन् । यो मेला यसअघि बुटवल, चितवन र पोखरामा पनि सम्पन्न भइसकेको छ ।