नाडेप लघुवित्त सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै, साधारणसभा भदौ १ मा |
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । उक्त शेयर निष्कासन गर्ने प्रस्ताव अब बस्ने वार्षिक साधारणसभाले पारित गर्नेछ । साधारणसभा भदौ १ गते हुने संस्थाले जानकारी दिएको छ ।
संस्थाले चुक्तापूँजी बढाउन उक्त संख्यामा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । संस्थाको १६ करोड रुपैयाँ रहेको पूँजीलाई दोब्बर बनाई ३२ करोड रुपैयाँ पुर्याउने भएको छ । सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र समूह ख बाट प्रतिनिधित्व हुने दुई जना सञ्चालकको पनि निर्वाचन गर्ने संस्थाले जानकारी दिएको छ ।