प्रोग्रेशिभ फाइनान्सको हकप्रद भदौ ५ देखि खुल्ने | २८१ प्रतिशत हकप्रद बिक्री गर्ने
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स कम्पनीले साउन २२ गतेसम्म कायम रहने सेयरधनीलाई २८१ प्रतिशतको हकप्रद बिक्री गर्ने भएको छ । यसअघि बुकक्लोज तोकेको कम्पनीले सोमबार हकप्रद निष्काशनको मिति भदौ ५ गते निर्धारण गरेको हो ।
फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गर्नेछ । राष्ट्र बैंकको निर्देशन अनुरुप फाइनान्सलाई ८० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने भएपछि कम्पनीले भारी मात्रामा हकप्रद जारी गर्न लागेको हो । फाइनान्सले सनराइज क्यापिटललाई विक्री प्रबन्धक तोकेको छ । कम्पनीको हाल कायम २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रदपछि ८० करोड रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ ।
हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्प्रर्ण बैंक तथा वित्तीय संस्थाहरु बट भर्न पाइने छ । साथै बिक्री प्रबन्धक सनराइज क्यापिटल, प्रोगेशिभका सम्पुर्ण शाखा कार्यालय र सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज,पोखरा, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दकम राजविराज र लाहानबाट असोज ८ गतेसम्म आवेदन गर्न सकिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।