बुधबारबाट पानी कम पर्ने |

काठमाडौं । पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अज बिहानै देखि ठुलो पानी परेकोले काठमाडौं, ललितपुर र भक्तपुरका खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।
आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २८ दशमलव ४ मिलिमिटर पानी परेको छ । पश्चिमको एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेकाले सतर्क हुनुपर्ने मौसमविदले बताएका छन । मौसमविद समीर श्रेष्ठका अनुसार मंगलबारबाट पूर्वमा र बुधबारबाट मात्र देशभर पानी पर्ने क्रम कम हुने उनले जानकारी दिए । तर, बदलीको अवस्था र हल्का पानी पर्ने क्रम भने जारी रहने उनले बताए ।
काठमाडौंबाट हुनृ उडान प्रभावित
आज बिहान ६ बजेसम्म १५ सय मिटर मात्र भिजिबिलिटी भएकाले उडान अवतरण रोकिएको थियो । अब बिस्तारै भिजिबिलिटी बढ्दै गएकाले उडान अवतरण सुरु हुने बताइएको छ ।