केएल स्मार्ट मोबाइल मेला शुरु | मोबाइल खरिद गर्नेको भिड
काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबमा स्मार्ट मोबाइल मेला शुरु भएको छ । मेलामा जिरो डाउन पेमेण्टका साथ शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाइल पनि खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । केही ब्राण्डका मोबाइलहरु शुन्य प्रतिशत डाउन पेमेण्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेण्टमा मोबाइल किन्न सकिन्छ ।
मोबाइल हबका अनुसार मेलामा ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने मोबाइल हबका विक्री प्रबन्धक सन्दीप उप्रेतीले बताए । उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ । अफरहरु केएल मोबाइल हब चाबहिलका साथै एप्पल वल्र्ड मोबाइल, मर्कन्टाइल प्लाजाको पहिलो तल्ला पसल नम्बर एफ ५ दरबारमार्ग, सीटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, पसल नम्बर ११३ न्यूरोड तथा द वल्र्ड भिजन मोबाइल सीटीसी मल चौथो तल्लामा पनि उपलब्ध हुनेछ । जिरो डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने योजना सहित मेला सुरु भएको हो । मेला सुरु भए लगत्तै मोबाइल हबमा विभिन्न अफरमा सहभागि हुँदै मोबाइल किन्नेको भिड लागेको छ ।
ग्राहकले किस्ताबन्दीमा मोबाईल खरिद गर्न आफ्नो नागरिकता, रोजगारीताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनु पर्ने हुन्छ । मोबाइल मेला अवलोकन गर्नेहरु लाई आकर्षक गिफ्ट ह्याम्परका साथै गोला प्रथा बाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिनेछ ।