दुईवटा वाइडबडी ल्याए पछि, एनएसीको आक्रामक बजार बिस्तार |
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज ल्याएपछि आक्रामक बजार बिस्तार गर्न सुरु गरेको छ । नयाँ जहाजले पनि पुरानै गन्तब्यमा उडान गर्ने भए पछि निगमले भाडादर घटाउन शुरु गरेको छ ।
निगमले दोहाका लागि ‘प्रोमोसनल फेयर’ भन्दै ३२ हजार ६ सय रुपैयाँमा दुईतर्फी टिकट बिक्री शुरु गरेको । यसअघि यही उडानका लागि ३४ हजार ६ सय रुपैयाँबाट टिकटदर सुरु हुन्थ्यो । निगमको बजारहिस्सा बढाउनका लागि आक्रामक बजार बिस्तारमा लागेको ’निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए ।
अहिलेको अफरमा १८ हजार २ सय ६६ रुपैयाँमा एकतर्फी टिकट निगमले बिक्री गरिरहेको छ । यसबाट दोहा जाने कामदार र घुम्न जानेका लागि सस्तो पर्नेछ । यो अफर अक्टोबरसम्म लागु हुने निगमले जवानकारी दिएको छ । ʽअन्तर्राष्ट्रिय उडानमा निगमको बजार हिस्सा ११ प्रतिशत रहेको छ ।ʼ कंसाकारले भने, ʽ दुईवटा वाइड बडी आएपछि अन्तर्राष्ट्रियतर्फको हिस्सा बढाउने गरि हामीले काम गर्नैपर्छ ।ʼ
निगमले २४ अर्ब ऋण लिएर दुईवटा वाइड बडी ल्याएको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर ल्याएको दुईवटा जहाज मध्ये एउटाले काठमाडौं(दोहा उडान थालिसकेको छ भने अर्को जहाज एयर अपरेशन सर्टिफिकेट (एओसी)ि लने प्रकृयामा छ । हिमालय एयरलाइन्सको दुईतर्फी भाडा ३८ हजार ५ सय रुपैयाँ छ । काठमाडौं–दोहा उडानका लागि निगमको विजनेश क्लासको भाडा अरु एयरलाइन्सको भन्दा कम छ । निगमको काठमाडौं–दोहा दुईतर्फी भाडा ७८ हजार ६ सय २ रुपैयाँ छ ।