उखु किसानले पाउने भए ६० रुपैयाँ अनुदान |

काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरुलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोष, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको विद्यमान संगठन संरचनालाई सुधारसहित निरन्तरता दिने भएको छ । साथै, वन पैदावार विकास समिति र टिम्बर कर्पोरेशनलाई समेत एकअर्कामा गाभ्ने निर्णय गरेको छ ।