संघीयता कार्यान्वयनमा सहयोग जुटाउन दाता सम्मेलन गर्ने तयारी |
काठमाडौं । सरकारले दातृ निकायहरुलाई सहायता रकम वृद्धि गर्न आग्रह गर्ने भएको छ । संघीय संरचना कार्यान्वयनका लागि सरकारले सहायता रकम वृद्धि गर्न आग्रह गर्ने उद्देश्यले दातृ निकायको सम्मेलन आयोजना गर्न लागेको अर्थसचिव राजन खनालले बताएका हुन् ।
आर्थिक पत्रकारहरूको संगठन सेजनले शनिबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थसचिव खनालले दातृ निकायले उपलब्ध गराउने ५ बर्षे सहायता सम्बन्धमा छुट्टै छलफल गर्ने तयारी मन्त्रालयले गरेको जानकारी दिए ।
उनले अहिलेको बजेट पूर्ण वित्तीय संघीयताको बजेट भएको बताउँदै प्रशासन, राजस्वका दरहरूको अभ्यास गर्ने काम तीनै तहमा सँगसँगै भइरहेको पनि जानकारी दिए ।