साङ्ग्रिलाको टङ्की सिनुुवारीमा नयाँ शाखा | ‘बैंकमा पैसा राख्दा ३ लाखसम्मको बीमा’
काठमाडौं (आपास) । साङ्ग्रिला डेभलपमेण्ट बैंकले मोरङको टङ्की सिनुवारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् ।
यो शाखाको उद्घाटनसँगै बैंकको शाखा संख्या अब ५४ पुगेको छ । नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले पैसा राख्ने बचतकर्तालाई ३ लाखसम्मको बीमाको व्यवस्था गरिएको जानकारी दिएको छ ।
सो अवसरमा डेपुटी गभर्नर शिवाकोटीले बैंकमा पैसा राख्दा ३ लाखसम्मको बीमा हुने र सुरक्षितसमेत हुने बताउदै स्थानीय बासिन्दालाई बैंकमार्फत कारोबार गर्न आग्रह गरे । साङ्ग्रिलाले आफ्नो व्यवसाय बिस्तार गर्दै हाल थप ३३ वटा शाखा छिट्टै संचालनमा ल्याउने तयारी गरेको जानकारी दिएको छ ।