एनआईईसीको एजुकेशन फेयर साउन २१ गते |
काठमाडौं । नेपाल इण्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी (एनआईइसी) को आयोजनामा काठमाडौंमा ‘अष्ट्रेलिया–न्यूजिल्याण्ड एजुकेशन फेयर’ हुने भएको छ । एनआईईसीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गरी यही साउन २१ गते उक्त मेला सञ्चालन गर्न लागेको हो ।
एनआईईसीको केन्द्रीय कार्यालय पुतलीसडकमा सञ्चालन हुने उक्त मेलामा डकुमेण्टेशन र भिसाका सम्बन्धमा पनि परामर्श लिन सकिने आयोजकले बताएका छन् । मेलामा विद्यार्थी तथा अभिभावकहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । एनआईईसीका प्रबन्ध निर्देशक सपना राजभण्डारीका अनुसार मेलामा सहभागी विद्यार्थी तथा अभिभावकहरूले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा भेटी परामर्श लिनसक्नेछन् ।
उनले सम्बन्धित देशको जीवनशैली, कानूनी प्रावधान, विश्वविद्यालयको शैक्षिक तथा भौतिकपूर्वाधार, फि स्ट्रक्चर, छात्रवृत्ति, विश्वविद्यालयमा उपलब्ध विषयको छनोट, शैक्षिक नीति, रहनसहनलगायतका जानकारी पनि मेलामा प्राप्त गर्न सकिने बताइन् ।
मेलामा दुई देशका २० भन्दा बढी विश्वविद्यालय, कलेज तथा इन्स्टिच्युटको सहभागिता रहने आयोजकले जानकारी दिउका छन् । एनआईसीले विशेषगरी अष्ट्रेलिया र न्युजिल्याण्ड, यूएस, यूके, आयरल्याण्ड, क्यानडालगायतका लागि सेवा प्रदान गर्दै आइरहेको छ ।