एनआईसी एशियाबाट रिलायबल लाईफको बीमा योजना खरिद गर्न सकिने |
एनआईसी एशिया बैंकबाट रिलायबल नेपाल लाईफको बीमा योजना खरिद गर्न सकिने भएको छ । गत बुधबार बैंक र इन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता भएसँगै २ सय ३३ वटै शाखा मार्फत ग्राहकले इन्स्योरेन्सको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने भएका हुन ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका थिए । बैंकले देशभर २सय ३३ शाखा कार्यालयहरु, २ सय २२ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।