मेगा र सानिमा लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं (आपास) । मेगा बैंक नेपाल र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र सानिमा लाइफ इन्स्योरेन्सका नायब महाप्रबन्धक केशवराज केसीले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात अब मेगा बैंकका देशभरिका शाखाबाट सानिमा लाइफ इन्स्योरेन्सका जुनसुकै जीवन बिमा खरिद गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।