राष्ट्र बैंकको निर्देशन पालना भएन | ४९ वटा स्थानीय निकायमा अझै वाणिज्य बैंक पुगेनन
काठमाडौं । गत आवको असार मसान्तभित्रमा देशका सबै स्थानीय तहमा शाखा विस्तार गरिसक्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई परिपत्र जारी गरे पनि हालसम्म सबै स्थानीय तहमा बैंक शाखा स्थापना हुन सकेको छैन । राष्ट्र बैंकको तथ्यांकअनुसार ४९ वटा स्थानीय तहमा बैंक शाखा स्थापना हुन नसकेको थाहा भएको छ । वाणिज्य बैंकहरुले पूर्वाधारलगायत विभिन्न कारणले शाखा विस्तार गर्न नसकेका हुन् । राष्ट्र बैंकले स्थान नै तोेकेर २८ वटै वाणिज्य बैंकलाई शाखा विस्तार गर्न निर्देशन दिए थियो ।
कुनकुन बैंकले शाखा स्थापना गर्न सकेनन् ?
राष्ट्र बैंकका अनुसार नेपाल क्रेडिट एण्ड कमर्श बैंकले अझै ११ स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्न बाँकी रहेको छ । उक्त बैंकले कुनै स्थानमा शाखा विस्तारको क्रम अघि बढाउन पूर्वाधार तयार गर्दै छ भने कुनै स्थानमा शाखा विस्तारको क्रम अन्तिम चरणमा पुर्याएको छ ।
सेञ्चुरी कमशिसयल बैंकले हालसम्म आठ स्थानमा शाखा विस्तार गर्न सकेको छैन । तीमध्ये पाँच स्थानमा शाखा विस्तार गर्ने प्रक्रिया अघि बढेको छ । दुई स्थानीय तहमा बैंक स्थापनाका लागि पूर्वाधार तयार हुँदै छ । एक स्थानमा शुरु नै भएको छैन ।
त्यसरी नै ६ स्थानमा सिभिल बैंक, पाँँच÷पाँच स्थानमा प्राइम कमर्सियल बैक, प्रभु बैंक, तीन÷तीन स्थानमा जनता बैंक, कृषि बैंक र एसबीआई बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, बैंक अफ काठमाडौं, माछापुच्छे बैंक र मेगा बैंकले एक÷एक स्थानमा आफ्नो शाखा विस्तार नसकेको राष्ट्र बैंकले बताएको छ ।