एनएमबि बैंकको बोनसपछि सेयरमूल्य समायोजन |
नेपाल स्टक एक्सचेञ्जमा बिहीबार एनएमबि बैंकको सेयरमूल्य समायोजन भएको छ । बैंकले साधारण सभाका लागि प्रस्ताव गरेको १५ प्रतिशत बोनसपछि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले बैंकको समायोजित सेयरमूल्य प्रतिकित्ता ३१७ रुपैयाँ ३९ पैसा रुपैयाँ निर्धारण गरेको छ भने १८० दिनको सेयर कारोबार मूल्यका आधारमा औसत आधारमूल्य ३९१ रुपैयाँ ७० पैसा कायम भएको जानकारी दिएको छ ।
एनएमबिले बिहीबारदेखि साधारण सभाका लागि सेयरधनी किताब बन्द गरेकाले बुधबारसम्म कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन । बैंकले बोनस पारित गर्न साउन ३१ गते स्टाफ कलेज जावलाखेलमा दिउँसो साढे २ बजे बाइसौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।