आर्किटेक्ट मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर |
काठमाडौं । गोर्खा इको प्यानलको ब्राण्ड एम्बेस्डरमा शृंखला खतिवडा नियुक्त भएकी छिन् । उनी आर्किटेक्ट मिस नेपाल वल्र्ड २०१८ की विजेता हुन् । गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनियर कृष्णभक्त दुवाल र मिस नेपाल वल्र्ड २०१८ शृंखलाले बिहीवार सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
व्युटी विथ ब्रेन भनेर चिनिने शृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट स्नातक गरेकी हुन् ।
आफू मिस नेपाल वल्र्ड २०१८ भएता पनि आफनो इञ्जिनियरिङ पेशाअनुरुपको प्रोडक्टमा ब्राण्ड एम्बेस्डर हुन पाएकोमा उनी खुशी छिन् । गोर्खा इको प्यानलको प्रयोगबाट भूकम्पपश्चात्को पुनर्निर्माण तीव्र हुने भएकाले पनि आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्बेस्डर बनेको उनले सुनाइन् ।
हाल निर्माण सामग्रीको क्षेत्रमा नयाँंनयाँं निर्माण सामग्रीहरू बजारमा उपलव्ध भए पनि आर्किटेक्टहरूले भवन डिजाइन गर्दा गोर्खा इको प्यानलजस्ता विश्वसनीय तथा भूकम्पप्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामग्री प्रयोग गर्न उनले जोड दिइन् । उनले गोर्खा इको प्यानलको उपयोगिताबारे धेरै अध्ययनपश्चात् मात्रै ब्राण्ड एम्बेस्डर बन्न राजी भएको समेत खुलाइन् ।
आर्किटेक्ट इन्जिनियहरुको भावनालाई आर्किटेक्ट इन्जिनियरले नै प्रतिनिधित्व गर्न सक्ने भएकाले आर्किटेक्ट मिस नेपाल शृंखलालाई ब्राण्ड एम्बेस्डर बनाएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।