गर्मीमा यसरी सजाऔं बेडरूम |
सबैजसो मानिस आफ्नो घर तथा कोठाको सजावट मौसमअनुसार परिवर्तन गर्न चाहन्छन् । गर्मीयाममा मानिस आफ्नो बेडरुममै ‘पे्रmश’ हुने चाहनासमेत गर्छन् । गर्मी मौसममा पे्रmश र रोमाण्टिक हुन कोठालाई रङ्गीन बनाउन सकिन्छ । यसका लागि कोठामा हल्का रङको प्रयोग गरिएको छ भने गहिरो रङको पर्दा लगाउनु राम्रो हुन्छ । गर्मीमा बेडरूम सजाउन निम्न उपाय अपनाउन सकिन्छ ः
१. फ्लोरल थिम
गर्मी महीनामा बेडरूमको भित्ता फूलको तस्वीर वा पेण्टिङले सजाउँदा शीतल महसूस हुन्छ । यसैगरी, झ्यालढोकामा लगाउने पर्दाहरूमा पनि फूलका बुट्टा पेण्टिङ गर्न सकिन्छ । यदि पेण्टिङ सम्भव छैन भने भित्ताहरूमा फूलको चित्र भएको पोष्टर टाँस्न पनि सकिन्छ ।
२. सुतीको पर्दाको प्रयोग
गर्मी मौसममा कटन तथा सुतीको कपडाले शीतल महसूस गराउँछ । त्यसैले, गर्मीयाममा झ्यालढोकामा पनि सुतीको कपडाको प्रयोग गर्न सकिन्छ । यस्तै, गर्मीमा हल्का रङको पर्दाको प्रयोग पनि गर्नु राम्रो हुन्छ । यसले पनि शीतल तथा ताजगीको अनुभव गराउँछ ।
३. ब्राइट कुशन कभर
गर्मीयाममा बेडरूममा हल्का खालको कुशनको खोलसमेत प्रयोग गर्न सकिन्छ ।
४. गर्मी समयमा कोठालाई शीतल पार्न झ्यालहरू खुला राख्न चाहनुहुन्छ भने केही गोपनीयतामा भने ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि बेडरूममा झल्लर लगाउन सकिन्छ । यसले गर्दा बाहिरको शीतलता उपयोगसँगै कोठा चम्किलो पनि पार्छ ।