कक्षा १२ को नतिजा सार्वजनिक |

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।
ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १ सय ६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देखि ३.६० जीपीए ल््याउने ११ हजार २ सय २१, २.०१ देखि २.८० जीपीए ल्याउनेमा ५८ हजार ३ सय ४५, २.०१ देखि २.४० जीपीए ल््याउने ९० हजार २ सय ९९ जना परीक्षार्थी रहेका छन ।
यस्तै १.६१देखि २.० जीपीए ल्याउने ६६ हजार ४ सय ३८, १.२१ देखि १.६० जीपीए ल््याउने २२ हजार ७ सय ३४, ०.८१ देखि १.२० जीपीए ल््याउने ४ हजार ४ सय ८८ र ०.०० देखि ०.८० जीपीए ल््याउने १सय ९९ जना रहेका छन् । यो वर्ष परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी थिए । परीक्षा गत वैशाखमा भएको थियो ।