नेपाल बङ्गललादेश बैंक र ब्लू क्रस अस्पतालबीच सम्झौता |
काठमाडौं (आपास) । नेपाल बङ्गललादेश बैंक लिमिटेडका ग्राहकले अबदेखि उपचारमा १० प्रतिशत छुट पाउने भएका छन् । त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पताल र बैंकबीच बैंकका ग्राहकहरूलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा छुट दिनेसम्बन्धी सम्झौता भएपछि ग्राहकहरूले त्यस्तो सेवा पाउने भएका हुन् । सोसम्बन्धी सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख व्यवसाय अधिकृत सलोनिका सिंह र अस्पतालका कार्यकारी व्यवस्थापन समितिका सदस्य रजित श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार बैंकका डेविट÷क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरू र बैंकका खातावालाहरूले ब्लू क्रस अस्पतालका विभिन्न मेडिकल स्क्रिनिङमा त्यस्तो छुट पाउने भएका हुन् । उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरूलाई सुविधा पुग्ने बैंकले जानकारी दिएको छ ।